आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक

niti tatha karyakram

काठमाडौं, २० बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले संघीय संसदको दुबै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

संघीय संसद सचिवालयका अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम शुक्रबार अपराह्न ४ बजेपछि प्रस्तुत गर्नुभएको छ । यसअघि बजेटपूर्वको छलफलपछि मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिएको थियो ।

तर, यसपटक सरकारले बजेटबारेको छलफल अगावै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रमलाई सरकारको आधार मानिन्छ । यसकै आधारमा सरकारले आगामी जेठ १५ गते प्रस्तुत गर्ने बजेट निर्माण गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);