गण्डकी प्रदेशमा नीति तथा कार्यक्रम पारित | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

गण्डकी प्रदेशमा नीति तथा कार्यक्रम पारित

कास्की । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा माथि मंगलबार छलफल गरी पारित गरिएको हो ।

सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । अन्तिम समयमा आएर सरकार परिवर्तन भएका कारण नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले नीति तथा कार्यक्रम निर्माणका लागि धेरै समयमा पाएको थिए ।

नीति तथा कार्यक्रम ल्याउनका लागि तयारी गरिरहेको निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगको छलफल पछि तयार गरिएको बताइएको छ । गण्डकी प्रदेशमा आजै मुख्यमन्त्री पोखरेलले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);