बागमती र प्रदेश २ को प्रदेश सभामा आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बागमती र प्रदेश २ को प्रदेश सभामा आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । बागमती र प्रदेश नम्बर २ को प्रदेश सभामा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

आर्थिक वर्ष ०७८-०७९ का लागि बागमती र प्रदेश नम्बर २ आज नीति तथा कार्यक्रम ल्याउन लागिएको हो । आज बस्ने प्रदेश सभा बैठकमा बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छ।

यसैबीच बागमती प्रदेशमा नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले नीति तथा कार्यक्रम पारित गर्न नदिने बताएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलको सरकार अल्पमतमा रहेको विपक्षीले दावी गर्दै आएका छन् ।

साथै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भने कांग्रेसलाई सरकारमा सहभागी गराएसँगै नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहज हुने भएको छ भने माओवादी केन्द्रको समेत साथ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);