जसपा नेतृत्वको प्रदेश २ सरकारमा कांग्रेस सहभागी, तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

जसपा नेतृत्वको प्रदेश २ सरकारमा कांग्रेस सहभागी, तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी काँग्रेसका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार कांग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता रामसरोज यादव सहित ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख राजेश अहिराजले एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ गराएको छ ।

नवनियुक्त मन्त्रीमध्ये राम सरोज यादवले भौतिक पूर्वाधार तथा यातायात, ओमप्रकास शर्माले ऊर्जा तथा खानेपानी र बिरेन्द्र प्रसाद सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हाले भएका छन् ।

यसैबीच नेकपा माओवादी केन्द्रले भने मन्त्रालय बाँडफाँडमा असन्तुष्टि जनाउँदै सरकारमा सहभागी नभएको बताइएको छ । मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नभएको हो ।

माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);