गण्डकीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै नव नियुक्त ६ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शुक्रबार नेपाली कांग्रेस र माओवादी केन्द्रका ३-३ जना मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कांग्रेसबाट कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीमा विन्दुकुमार थापा, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा कँडेलले शपथ लिएका हुन् ।

त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्रीमा रामजी बराल, भूमि व्यवस्था, कृषि, सहकारी, तथा गरिबी निवारण मन्त्रीमा चन्द्रबहादुर बुढा, वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा दीपक थापाले शपथ लिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);