नवनियुक्त दुई मन्त्रीद्वारा राष्ट्रपतिसमक्ष पद तथा गाेपनीयताकाे शपथ | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

नवनियुक्त दुई मन्त्रीद्वारा राष्ट्रपतिसमक्ष पद तथा गाेपनीयताकाे शपथ

काठमाडाैं । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ दुई नयाँ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवले शीतल निवासमा आयोजित विशेष समारोहबीच शपथ लिएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार दिपक साहलाई श्रम मन्त्रीबाट पदमुक्त गरी रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई उद्योगमन्त्रीमा नियुक्त गरेका थिए । उपसभामुख निर्वाचनका कारण शपथ ग्रहण समारोह केही समय ढिलो भएको थियो ।

Leave a Reply