नवनियुक्त दुई मन्त्रीद्वारा पद तथा गाेपनीयताकाे शपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

नवनियुक्त दुई मन्त्रीद्वारा पद तथा गाेपनीयताकाे शपथ

काठमाडाैं । नवनियुक्त दुई मन्त्रीले शपथ लिनुभएको छ । शितलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँहरुले शपथ लिनुभएको हो ।

डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिनुभएको हो । डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान मन्त्रीमण्डल विस्तारका लागि मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । मन्त्रीमण्डलमा चार जनाको नाम सिफारिस भएपनि विवादका कारण दुई जनाको मात्रै शपथ भएको हो ।

प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गर्नुभएको थियो । उहाँहरुको भने शपथ रोकिएको हो ।

यसअघि प्रधानमन्त्री कार्कीले सात जना मन्त्री नियुक्त गरिसक्नुभएको छ । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री कार्की, प्रधानन्याधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्री लगायत उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

Leave a Reply