काठमाडौं ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेशमा रहेका संविधान र कानून विपरित प्रधानमन्त्री सच्याउने काममा लाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । बुधवार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सो निर्देशन दिनुभएको हो । सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयकको रुपमा संसदमा आउने भएकाले त्यसमा रहेका संविधान, कानून विपरितका प्रावधान सच्याउने गरी सांसदहरुलाई आफूले बैठकमा भनेको सभापति थापाको भनाई थियो ।
उहाँले सरकार संविधानको सीमा बाहिर जान लागेको आफूले पाएको उल्लेख गर्दै आपत्ति समेत जनाउनु भयो । सभापति थापाले काँग्रेसले सरकारलाई गलत बाटोमा जान नदिने गरी आफ्नो भुमिका निर्वाह गर्ने पनि बताउनु भयो । सभापति थापाले सरकारले बहुमत छ भन्दैमा एक्ले कानून बनाउने भन्ने भ्रम पाल्न नहुने पनि बताउनु भयो ।




