एमाले एक ढिक्का हुँदा बागमती प्रदेशमा नीति तथा कार्यक्रम बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमाले एक ढिक्का हुँदा बागमती प्रदेशमा नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा । बागमती प्रदेश प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । डोरमणि पौडेल नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज बागमती प्रदेशसभाबाट बहुमतले पारित भएको हो ।

बागमती प्रदेश नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र नेता माधवकुमार नेपाल एमाले एक ढिक्का भएर नीति तथा कार्यक्रम बहुमतले पारित गरेका हुन् ।

आज बिहान बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेल र नेपाली पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले नीति तथा कार्यक्रम पारित गराउन सांसदहरुलाई संयुक्त रुपमा निर्देशन दिएका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रम समर्थन गरेनन् । एमालेका शीर्ष नेताहरु विभाजित भएपनि बागमतीमा एमाले एक ढिक्का भएकाले मात्रै सो नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दुई सांसद भने तटस्थ बसेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);