गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङको दाबी, जसपा ठाकुर पक्ष र राजमो कृष्ण थापाको समर्थन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङको दाबी, जसपा ठाकुर पक्ष र राजमो कृष्ण थापाको समर्थन

गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पुन दाबी पेश गरेका छन् । गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिदैँ दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख सीता पौडेलले दिएको २४ घण्टे अल्टिमेटको समय सकिनु अगावै गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको सयुक्त समर्थनसहित दावी पेश गरेको बताइको छ ।

जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कारवाही गरेको पत्र समेत पेश गरेको बताइएको छ ।जसपाको केन्द्रमा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्षमध्ये कसको आधिकारिकता भन्ने विवाद चलिरहेका बेला प्रदेशमा समेत जसपा दुई कित्तामा विभाजित भएको छ ।

गुरुङले २७ गते प्रदेश सभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८को ५ अनुसार नयाँ पक्रिया अघि बढेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);