गण्डकीमा पनि ओली प्रवृत्ति देखिएको डा. भट्टराईको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

गण्डकीमा पनि ओली प्रवृत्ति देखिएको डा. भट्टराईको टिप्पणी

baburam bhattarai

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति पोखरामा पनि देखिएको टिप्पणी गरेका छन् । विश्वासको मत गुमाईसकेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरेपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विश्वासको मत गुमाईसक्दा पनि आफूसँग पनि बहुमत रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गरेका थिए ।

गण्डकी प्रदेशमा पनि बिहीबार विश्वासको मत पाउन असफल मुख्यमन्त्री गुरुङले आज प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष दाबी पेश गरेका हुन् । यही गतिविधि इंगित गर्दै भट्टराईले लेखेका छन् ‘‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो । ’’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई प्रधानमन्त्री ओलीको यो तरिकाबाट भ्रममा नपर्न समेत आग्रह गरेका छन् । यो विरुद्ध सबैतिरबाट सशक्त प्रतिवाद गरी सदाको निम्ति अन्त्य गर्न समेत आग्रह गर्दै भट्टराईले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न पनि सबै अपिल गरेका छन् । उनले लेखेका छन्–‘‘अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं । ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं ।’’

गुरुङको दाबी पछि गण्डकीमा सरकार गठनमा अन्यौलता देखिएको छ । विपक्षी गठबन्धनले भने प्रदेश प्रमुख पौडेलले सरकार गठनका लागि बहुमतको आधारमा दाबी पेशश गर्न आह्वान गरेको केही समयपछि नै ३१ सांसद सहित दाबी पेश गरेको थियो । विपक्षी गठबन्धनले नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);