प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित

जनकपुरधाम, ३ वैशाख । प्रदेश २ को प्रदेशसभाले सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पास गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पास गरेको हो ।

निति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रदेश सांसदहरुले कृषि, शिक्षा, स्वास्थ्य, सिंचाइ, धार्मिक पर्यटन लगायतको क्षेत्रमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

छलफलपछि मुख्यमन्त्री राउतले छुटेका विषयहरुलाई समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले चैत्र २८ गते नीति तथा कार्यक्रम संसदमा पेश गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);