आदिवासी जनजातिको संरक्षणका लागि विशेष कानुन बन्छ : मुख्यमन्त्री राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आदिवासी जनजातिको संरक्षणका लागि विशेष कानुन बन्छ : मुख्यमन्त्री राई

झापा, ३ वैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिहरुको संरक्षणका लागि प्रदेश सरकारले विशेष कानुन बनाउने बताएका छन् ।

झापामा आदिवासी समाज विकास समितिले सिरुवा पर्वको अवसरमा गरेको कार्यक्रममा मुख्यमन्त्री राईले आदिवासी जनजातिहरुको भाषा, संस्कृतिलाई संरक्षण गर्न कानुन बनाउने बताएका हुन् ।

मुख्यमन्त्री राइले सिरुवा पवमा प्रदेश सरकारले सार्वजनिक बिदाको मान्यता दिने प्रतिबद्धता समेत जनाउनुभयो । पूर्वी जिल्ला झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा सिरुवा पर्व मनाइने गरिएको छ । सिरुवाको अर्थ होली या लेपन भन्ने पनि बुझिन्छ । सिरुवा पर्व मनाउँदा विभिन्न रोगबाट मुक्त हुने जनविश्वासस छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);