झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा सिरुवा पर्व मनाइयाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा सिरुवा पर्व मनाइयाे

झापा, ३ वैशाख । पूर्वी जिल्ला झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा सिरुवा पर्व मनाइएको छ । पूर्वको मध्य तथा दक्षिणी भागमा बसोवास गर्ने कोच आदिवासी समुदाय नयाँ वर्षको अवसरमा सिरुवा पर्व मनाउने गरेका छन् । सिरुवाको अर्थ होली या लेपन भन्ने पनि बुझिन्छ ।

आदिमकालदेखि बसोबास गर्ने कोच आदिवासी समुदाय राजवंशीसँगै कोच समुदायभित्रका ताजपुरिया, गनगाई, धिमाल, माझीलगायतका अरु समुदायले पनि पर्व मनाउने गरेका छन् । सिरुवा पर्व मनाउदा विभिन्न रोगबाट मुक्त हुने जनविश्वासस रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);