मगर समुदायले टुंडिखेलमा भूमे पर्व मनाए | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

मगर समुदायले टुंडिखेलमा भूमे पर्व मनाए

bhume parba

काठमाडौं, २ असार । मुलुकका विभिन्न स्थानबाट राजधानीमा आई बसोबास गरिरहेका मगर समुदायले टुंडिखेलमा भूमे पर्व मनाएका छन् । मध्यपश्चिमको मगरात क्षेत्रमा बसोबास गर्ने मगर जातिको मुख्य पर्व भूमे मनाउन काठमाडौं उपत्यकामा बसोबास गरिरहेका मगर समुदाय जातिय पहिचान झल्कने पोशाकसहित टुंडिखेल पुगेका थिए ।

मगरहरुको थाकथलो रोल्पाको थवाङमा असार १ गते देखि ५ गतेसम्म यो पर्व मनाउने गरिएपनि राजधानीमा भने दुई दिनमात्र मनाउन लागिएको हो । दैवी प्रकोप नआओस् अन्नको क्षति नहोस् र अन्नबाली राम्रो होस् भनेर परापूर्व काल देखि नै मगर समुदायले भूमी पूजा गरि यो पर्व मनाउने गरेका छन् ।

पर्वमा २२ चाालमा नाच्दै भूमी को पुजा गर्ने गरिन्छ । भूमि पूजाका लागि प्रयोग गरिने लेकमा पाईने बुकी फुललाई महिलाले पुरुषलाई लगाईदिने गर्दछन् । महिला पुरुषबीचको प्रगाढ प्रेम रहिरहोस् भन्ने सन्देश पनि यसले दिने गर्छ ।

विशेष गरी राप्ती अञ्चलको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ तथा धौलागिरी अञ्चलनको बाग्लुङ, म्यादग्दी लगायतका जिल्लामा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);