मगर र थारू समुदायले माघी पर्व मनाए ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मगर र थारू समुदायले माघी पर्व मनाए ( भिडियो रिपोर्ट )

बिद्या तामाङ/माउण्टेन टेलिभिजन एचडी

काठमाडौँ , माघ २ ।  मगर र थारु समुदायले हर्षोउल्लासका साथ माघी पर्व मनाएका छन् । नेपालका पूर्वी जिल्ला स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान लगायतका ठाउँहरूमा प्रमुख बसोबास रहेका मगरहरू अर्घाखाँची, रूपन्देही, काठमाडौँ, रामेछाप, स्याङ्जा, पाल्पा, नवलपरासी, म्याग्दी, बाग्लुङ, पर्वत, लगायतका क्षेत्रहरूमा पनि बसोबास रहेको पाइन्छ । मकर संक्रान्तिमा स्ुर्य प्रवेश गर्ने भएकाले नया वर्षको रुपमा मगर समुदायले पितृ तथा प्रकृति पुजा गर्ने प्रचलन रहेको छ भने अर्कातिर चेलीबेटीको पुजा गरी माघी मनाउने प्रचलन मगर समुदायमा रहेको छ।
यसैगरी थारू जाति नेपालको मेचीदेखि महाकाली सम्म मध्य–पश्चिम भूभागमा बसोबास रहेको थारु जातिले आज माघी पर्व धुमधमका साथ मनाएका छन् । यो जाति नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसङ्ख्या भएको आदिवासी हो । थारु समुदायमा माघी पर्वको अवसरमा विशेष गरेर सुङ्गुरको मासु लगायतका परिकार खाने र रमाउने चलन छ । माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ दिन भनिन्छ । पुस महिनाको अन्तिमरात्रि गाउँघरका अगुवा, भलमन्सा लगायतको घरमा खानपान गर्ने, जाग्राम बस्दै नाँचगान गर्ने, डफको तालमा मौलिक धमार गीत गाउने र माघे सङ्क्रान्तिका दिन विहानै नदी, ताल, पोखरीमा नुहाउने गरिन्छ । यसरी, माघे सङ्क्रान्तिको दिन विहानै स्नान गर्नाले पूण्य प्राप्ती हुने जनविश्वास रहेको थारु अगुवाहरु बताउँछन् । थारु समुदायमा सखिया ,झुम्रा झुमडा लगायतका नाचहरु प्रसिद्ध रहेका छन् ।

नेपाल बहुभाषी बहसंस्कृति बहुजातिले भरिएको विविधिता भरिपूर्ण देश हो । नेपालमा रहेको कला र संस्कृतिलाई सम्बद्धर्न , संरक्षण गर्न नयाँ पिढीसगँै सरकारले पनि आफनो ठाउँबाट भुमिका खेल्नुपर्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);