सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । माघी पर्वको अवसरमा भन्दै प्रदेश सरकारले सुदूरपश्चिममा थप एक दिनका लागि सार्वजनिक विदा दिएको जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको जानकारी दिए । उनकाअनुसार माघ १ गते संघीय सरकारले नै विदा दिने गरेकाले प्रदेश सरकारले थप एक दिन विदा दिँदै आएको छ । सुदूरपश्चिममा पहाडी समुदायले माघ १ गतेलाई मकर संक्रान्ति पर्व९नरहरी० र तराईमा बसोबास गर्ने थारु समुदायले माघी पर्व मनाउने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);