विदा कटौति गर्ने निर्णय फिर्ता लिन माग गर्दै राजधानीमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विदा कटौति गर्ने निर्णय फिर्ता लिन माग गर्दै राजधानीमा प्रदर्शन

काठमाडौं, ४ पुस । आन्दोलनरत आदिवासी जनजाति समुदायले सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय फिर्ता गर्न सरकारलाई दबाब दिंदै राजधानीमा प्रदर्शन गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजाति समुदायले आफुहरुको सांस्कृतिक पर्वमा दिंदै आएको सार्वजनिक विदा कायम राख्न माग गर्दै बुधबार राजधानीको माईतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

माघे संक्रान्ति अर्थात माघी, ल्होछार/ल्होसार, उद्यौली/उभौली जस्ता प्रमुख चाडर्वमा २०६२/६३ को परिर्वतनपश्चात एक/एक दिन पाइदै आएको सार्वजनिक विदालाई सरकारले खारेज गरेपछि आदिवासी जनजाति समुदायले त्यसको विरोध गर्दै आएका छन् ।

सांस्कृतिक पर्वहरुमा दिइँदै आएको सार्वजनिक विदा कटौति गरेपछि त्यसको विरोधमा प्रदर्शन गर्नु परेको रेशम गुरुङले जानकारी दिए ।

आदिवासी जनजातिहरुले सबै समूदायको सम्मान गर्न पनि सरकारले सांस्कृतिक चाडपर्वहरुमा सार्वजनिक विदा दिनै पर्ने तर्क गर्दै आन्दोलन जारी राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);