विदा कटौतीको बिरोधमा सरकारविरुद्ध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विदा कटौतीको बिरोधमा सरकारविरुद्ध प्रदर्शन

maitighar mandala

काठमाडौं, ७ बैशाख । आफुहरुसँग सम्बन्धित सांस्कृतिक पर्वहरुको विदा कटौती गरेको भन्दै आदिवासी, जनजाती समुदायका अगुवाले आज काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । विभिन्न जातीय संघ, संगठनमा आवद्ध अगुवा कार्यकर्ताले आज काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

आफूहरुसँग सम्बन्धित सांस्कृतिक पर्वहरुको विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन उनीहरुले सरकारसँग माग पनि गरेका छन् । बेवास्ता गरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने उनीहरुले चेतावनीसमेत दिए । सार्वजनिक विदा बढी भएको भन्दै आलोचना भएपछि सरकारले केही दिवस र पर्वमा दिँदै आएको विदा कटौती गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);