जेठदेखि हप्ताको दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जेठदेखि हप्ताको दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय 

sarbajanika bida

काठमाडौं । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । परीक्षणको रूपमा लागू हुने गरी शनिवार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

उक्त समयदेखि बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म कार्यालय सञ्चालन गरिनेछ । मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन थालेको भन्दै सरकारले विदाको समय बढाएको हो । विदेशी मुद्रा सञ्चिती घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक विदाको समय बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो । त्यस्तै विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);