काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो । हप्ताको दुई दिन सार्वजनिक विदा दिंदा राहदानी लिन आउनेको चाप बढेपछि विभागले आइतबार पनि सेवा प्रदान गर्ने निर्णय गरेको हो । विभागका अनुसार आइतबार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रदान गरिने जनाएको छ ।
राहदानी विभागले आइतबार पनि सेवा दिने
ताजा समाचार
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
१८ मिनेट अघि
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि
१५ घन्टा अघि
कबड्डीमा बढ्दो चर्चा, सीमित लगानीबीच पदकको आशा
१७ घन्टा अघि




