सार्वजनिक विदा कटौति तत्काल फिर्ता लिन मुस्लिम संघको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सार्वजनिक विदा कटौति तत्काल फिर्ता लिन मुस्लिम संघको माग

muslim

काठमाडौं, १७ वैशाख । नेपाल मुस्लिम संघले आफूहरुको पर्वमा दिइएको सार्वजनिक विदा कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको छ ।

संघको नवनिर्वाचित केन्द्रिय कार्य समितिले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी आफूहरुको पर्वमा दिइने गरेको सार्वजनिक विदा कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो ।

संघका नवनिर्वाचित अध्यक्ष अब्दुल सत्तारले आफूहरुको पर्वमा सार्वजनिक विदा दिने निर्णय नसच्चिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

संघको नयाँ नेतृत्वले संवैधानिक व्यवस्था अनुसार तत्काल मुस्लिम आयोग गठन गर्न पनि सरकारसँग माग गरेको छ ।

त्यसैगरी संघले मस्जिद, मद्रसा, इदगाह, कब्रास्थानजस्ता आफूहरुको सांस्कृतिक तथा धार्मिक स्थलहरुको संरक्षण र संवद्र्धन गर्नुपर्ने, शिक्षा, स्वास्थ्य र निजामती सेवालगायतका क्षेत्रमा लोक सेवा आयोगबाट लिइने परीक्षामा मुस्लिम समुदायको अलग्गै कलष्टर बनाउनुपर्ने लगायतका माग पनि सरकारसँग गरेको छ ।

अध्यक्ष सत्तारले राज्यको सबै निकायमा जनसंख्याको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताए । संघको आईतबार काठमाडौंमा सम्पन्न दोस्रो महाधिवेशनले सत्तार नेतृत्वमा ७७ सदस्यीय कार्य समिति चयन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);