सरकारद्वारा सार्वजनिक बिदा २२ दिन कटौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारद्वारा सार्वजनिक बिदा २२ दिन कटौती

office of pm

काठमाडौं, १५ चैत । सरकारले सार्वजनिक बिदा २२ दिन कटौती गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा सार्वजनिक विदा २२ दिन कटौती गरेर ६७ दिन कायम गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार अब गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र प्रजातन्त्र दिवसका दिन विदा दिइने छैन् । यस्तै दशैंमा दिईंदै आएको विदा पनि घटाइएको छ । दसैंको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको दिनमा दिइँदै आएको बिदा कटौती गरिएको छ ।

रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा र ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती गरिएको छ । मन्त्रिपरिषद्ले कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडबाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्परालाई समेत अन्त्य गरेको छ । मन्त्रिपरिषद्ले अब त्यस्ता बिदा सम्बन्धित जाति, समुदाय, धर्म या भेग विशेषलाई मात्र दिने निर्णय गरेको छ । त्यस्ता विदा २२ दिन छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);