०७६ सालमा राष्ट्रिय बिदा १५ दिन मात्रै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

०७६ सालमा राष्ट्रिय बिदा १५ दिन मात्रै

bida

काठमाडौं, २ चैत । ०७६ मा शनिबारबाहेक १५ दिन मात्रै राष्ट्रिय बिदा हुने भएको छ । सार्वजनिक बिदासम्बन्धी निर्णय शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।

०७४ सम्म दिएको १३ दिन सार्वजनिक बिदा सरकारले ०७५ मा कटौती गरेको थियो । तर, विभिन्न जाति, समुदायले सार्वजनिक बिदा कटौतीको विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । सरकारले सुझाबका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सार्वजनिक बिदा पुनरावलोकन कार्यदल नै गठन गरेको थियो । तर, कार्यदलको सिफारिससमेत अस्वीकार गर्दै सरकारले अघिल्लो वर्षको बिदा कटौती कायम गरेको छ । कार्यदलले १२ वटा बिदा थप्न गत पुसमा सिफारिस गरेको थियो ।

कार्यदलले किराँत चाड उँभौली (बुद्ध पूर्णिमा ) र उँधौली, इद उल फित्र, बकर इद, मोहम्मद जयन्ती, क्रिसमस, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, छठ, ऋषिपञ्चमी (महिलालाई मात्रै), माघीपर्व र जनैपूर्णिमामा बिदा दिनुपर्ने सिफारिस गरेको थियो । ‘तर, मन्त्रिपरिषद्को बैठकले सो सिफारिस कार्यान्वयन नगर्ने र बिदा कटौतीलाई कायमै राख्ने निर्णय गरेको छ,’ गृहका एक उच्च अधिकारीले भने ।

राष्ट्रिय बिदा हुने दिन
-नयाँ वर्ष : १ वैशाख (नयाँ वर्ष)
-मजदुर दिवस : १८ वैशाख
-बुद्धजयन्ती : ४ जेठ
-संविधान दिवस : ३ असोज
-दसैँ : १८–२२ असोज (फूलपातीदेखि एकादशीसम्म ५ दिन)
-तिहार : १०–१२ कात्तिक (३ दिन)
-शिवरात्रि : ९ फागुन (शिवरात्रि)
-होली : २६ फागुन (पहाड/भित्री मधेस), २७ फागुन (तराई)
-महिला दिवस : २८ फागुन

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);