बिदा कटौतीको विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बिदा कटौतीको विरोध

congress logo

काठमाडौं, १७ चैत । प्रमुख प्रतिपक्षी कांग्रेसले माघ १६ को सहिद दिवस र फागुन ७ को प्रजातन्त्र दिवसको अवसरमा दिइँदै आएको सार्वजनिक बिदा कटौतीप्रति आपत्ति जनाएको छ ।

वाम गठबन्धन सरकारले कांग्रेस नेतृत्वमा भएको ०७ सालको क्रान्तिलाई विस्मृतिमा लैजान प्रजातन्त्र दिवस र सहिद दिवसको बिदा कटौती गरेको आरोपसमेत कांग्रेसले लगाएको छ ।

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस नेता दिलेन्द्र बडुले ०७ सालको क्रान्ति र त्यसको पृष्ठभूमिको आन्दोलनको इतिहासको सम्मानका लागि पनि सहिद दिवस र प्रजातन्त्र दिवसको बिदा खारेज गर्न नहुने बताए ।

उनले प्रजातन्त्र र सहिद दिवस खारेज गरेर वाम गठबन्धन सरकारले लोकतन्त्रमाथि सुनियोजित रूपमा आक्रमण गरेको आरोपसमेत लगाए । मन्त्रिपरिषद् बैठकले प्रजातन्त्र दिवस र सहिद दिवससहित १२ दिन सार्वजनिक कटौती गरेको थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);