सहिद दिवस र पापानीको अवसरमा सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सहिद दिवस र पापानीको अवसरमा सार्वजनिक बिदा

धनकुटा। धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद दिवस र पापानीको अवसरमा सार्वजनिक बिदा दिएको छ। सहिद दिवसको अवसरमा भोलि सोमबार र पापानीको अवसरमा १२ मंसिरमा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

गाउँ कार्यपालिकाले शुक्रबार गरेको निर्णयअनुसार छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त गरेका सहिदहरूको सम्मान र सम्झनामा मनाइने ४३औँ सहिद दिवसको अवसरमा र किराँत जातिको मुख्य पर्व पापानीको अवसरमा १२ मंसिरमा सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले आइतबार सूचना जारी गर्दै सहिद दिवस र पापानीमा सार्वजनिक बिदा दिएको जनाएको छन्।

गाउँपालिकाले हरेक वर्ष सहिद दिवस र पापानीमा सार्वजनिक बिदा दिँदै आएको छ। कात्तिक २०३६ मा छिन्ताङमा तत्कालिन सरकारले कम्युनिष्ट कार्यकर्ता रहेको भन्दै मच्चाएको हत्याकाण्डमा १६ जनाको हत्या भएको थियो । सरकारले १६ जनाकाे हत्या भएकाे ३८ वर्षपछि २८ पुस २०७४ मा राष्ट्रिय सहिद घोषणा गरेको थियो । छिन्ताङमा हरेक वर्ष २९ कात्तिकमा  सहिद दिवस मनाउँदै आइएको छ। 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);