मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा

काठमाडौं, १५ फागुन । आज मगर संघको ४१औं राष्ट्रिय स्थापना दिवस । मगर समुदायले भव्य रुपमा मनाउने दिवसको अवसरमा बन्दिपुर गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएको छ ।

आइतबार गाउँपालिकाले गरेको निर्णयनुसार आज सम्पुर्ण सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, शिक्षण संस्था तथा बैंक तथा बित्तिय संस्थाहरुमा स्थानीय सार्वजनिक विदा दिइएको हो ।

तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मान गर्दै केही मगर समुदायहरुले आजको दिनलाई एकता दिवसको रुपमा मनाउने गर्छन् ।

स्थापना दिवसमा परम्परागत भेषभुषासहितको ¥याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाच गर्दै मनाइने नेपाल मगर संघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);