राजतन्त्रको अन्त्य पछि पहिलोपटक मनाइयाे पृथ्वी जयन्ती | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राजतन्त्रको अन्त्य पछि पहिलोपटक मनाइयाे पृथ्वी जयन्ती

काठमाडौं, २७ पुष । राजतन्त्र अन्त्य भएपछि पहिलो पटक औपचारीक रुपमा पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइँदै छ ।

२ सय ९६ औं पृथ्वी जयन्तीको अवसरारमा आज सिंहदरबारको मुख्य गेट अगाडि अवस्थित पृथ्वीनारायणको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरिन् । सो अवसरमा नेपाली सेनाबाट सलामी दिईएको थियो ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायत सरकारका मन्त्रीहरु तथा राजनीतिक दलका नेता कार्यकर्ताहरुले शाहको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेका थिए ।

पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्नका लागि ठुलो संख्यामा सर्वसाधरणहरु पनि पुगेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्रिय एकता दिवसको रुपमा पृथ्वीजयन्ती मनाउने सरकारको निर्णयले इतिहास र पृथ्वीनारायण शाहको योगदानप्रति सम्मान पुगेको प्रतिक्रिया दिए ।

नेपालमा गणतन्त्र स्थापना भएपछि औपचारिक रुपमा एकता दिवस मनाउन छाडिएको थियो । तर वर्तमान सरकारले यो दिवसलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरि सार्वजनिक विदा दिएपछि यसको महत्व अझै बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);