एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

काठमाडौं ।

नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित
एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । अक्टोबर १० देखि औपचारिक रूपमा सुरु
भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव
प्रदान गर्ने लक्ष्य राखेको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकड्र्स र निर्माण
एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन् । सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ
मौलिक गीत सार्वजनिक गरिनेछ । गीत तथा सङ्गीत भिडियोहरू एक्स्ट्रिम म्युजिक सिरिज युट्युब
च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ ।
पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ जना
कलाकार सहभागी हुनेछन् । प्रत्येक कलाकारले आफ्नो छुट्टै सङ्गीत शैली र सिर्जनात्मक पहिचानमार्फत
सिरिजलाई अझ रोमाञ्चक वनाउनेछन ।
परम्परागत शैलीभन्दा फरक रहेर नयाँ सङ्गीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई
प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको हो । एक्स्ट्रिम इनर्जी ड्रिंकले यस सिरिजमार्फत नेपाली सङ्गीत
क्षेत्रका प्रतिभालाई उजागर गर्दै स्थानीय सङ्गीत संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरेको छ ।

Leave a Reply

ताजा समाचार