आज ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुलकभर मनाइयो | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

आज ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुलकभर मनाइयो

काठमाडौं,२७ पुस । आज पुस २७ गते ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । यसै अवस्रमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

शुक्रवार राष्ट्रनिर्माता शाहको सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहति पुष्पगुच्छा अर्पण गर्नुभएको हो । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर उहाँले पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गर्नुभयो ।

नेपाल एकीरणका प्रणेता पृथ्वीनारायण शाहको स्मरणमा हरेक पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइन्छ । पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ । वि.सं. १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना चौविसे बाइसे राज्यलाई एकीकरण गर्नु भएका हो । नेपालको भूअवस्थितिको आत्मबोध गरेका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न दिएको दिव्योपदेश अझै पनि उत्तिकै महत्वप्ुार्ण र सान्दर्भिक छ ।

दिव्यउपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएको छ । पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियानले नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो। नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भूभाग नेपालको अधिनमा थियो । पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेशको चर्चा सदैव हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);