२९८औँ पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाईयो (फोटोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

२९८औँ पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाईयो (फोटोसहित)

prithvi jayanti

काठमाडौं, २७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दुई सय २९८औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । विशेषगरी राजधानी काठमाडौंको सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरी पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइएको छ ।

पुस २७ गते अर्थात् २९८ औं पृथ्वीजयन्ती । यो दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा पनि लिइन्छ । पहिले पहिले यो दिन सार्वजनिक बिदा दिने गरिएकोमा मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि भने सार्वजनिक बिदा हटाइएको छ । बिदा हटाइए पनि दिवस भने वर्षेनी मनाउने गरिएको छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल र तीनका नेताहरु यो दिवसमा प्रत्यक्ष रुपमा सहभागी भएको पाइएन । राष्ट्रिय प्रजातन्त्र पार्टी र केही स्वतन्त्र समुहहरु भने सक्रियपूर्वक सहभागी भएको पाइयो । छरिएर रहेको साना राज्यलाई एकत्रित गरी एकीकृत नेपाल बनाएको र स्वतन्त्र मुलुकको नागरिकको रुपमा शिर ठाडो पारेर नेपाली भनी बाँच्न पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको नागरिकहरु बताउँछन् ।

पृथ्वीनारायण शाह विना स्वाधिन सार्वभौम, आधुनिक राष्ट्रका रुपमा विश्व मानचित्रमा नेपाल उभ्भिनै नसक्ने भएकाले उहाँको योगदानको कदर गर्नुपर्ने शाहका अनुयायीहरु बताउँछन् ।

पृथ्वीनारायण शाह भएकालेनै नेपाल हुन पाएको भन्दै मूलुकको जन्मदाताको जन्मदिनमा बिदा नदिएको भन्दै सहभागीहरुले असतुष्टि व्यक्त गर्दै केहीले नाराबाजी समेत गरेका थिए ।

राष्ट्रिय एकताका लागि कतिपयले हिन्दुराज्य नेपाल हुनुपर्नेमा समेत जोड दिएका थिए । संघीयताको नाममा सात टुक्रा प्रदेश बनाएर गणतन्त्रमा मुलुक झन कमजारे भएको कतिपयले गुनासो समेत गरे । शाहबंशको इतिहास एकत्रित गरि देश चलाउनुपर्नेमा उनीहरुको जोड थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);