आज ३०१औं पृथ्वी जयन्ती, सरकारले दियो सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आज ३०१औं पृथ्वी जयन्ती, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । आज पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले ३०१ औं पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले राख्दै आएको माग पुस २७ गते बिदा दिने निर्णय सरकारले पुरा गरेको हो ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन थियो । २०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको हो । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मदिनमा राष्ट्रिय एकता दिवसका रुपमा मनाइने प्रचलन हटेयता विरोध हुँदै आएको थियो ।

प्रचण्डकै दबाबमा पृथ्वी जयन्ती सरकारी तहबाट मनाउन छाडिएकोमा प्रचण्ड प्रधानमन्त्री भएकै पालामा पुनः सार्वजनिक बिदा दिने निर्णय हुनुलाई रोचक रुपमा हेरिएको छ । गोरखा राज्यमा जन्मिनुभएका पृथ्वीनारायण शाहले सुरु गर्नुभएको नेपाल एकीकरणको अभियानले नेपालले हालको भौगोलिक रुप पाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);