प्रचण्डकै दबाबमा हटेको थियो पृथ्वी जयन्तीमा बिदा दिने चलन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

प्रचण्डकै दबाबमा हटेको थियो पृथ्वी जयन्तीमा बिदा दिने चलन

prithivinarayan-Shah

काठमाडौं । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन थियो । २०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको हो । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मदिनमा राष्ट्रिय एकता दिवसका रुपमा मनाइने प्रचलन हटेयता विरोध हुँदै आएको थियो ।

प्रचण्डकै दबाबमा पृथ्वी जयन्ती सरकारी तहबाट मनाउन छाडिएकोमा प्रचण्ड प्रधानमन्त्री भएकै पालामा पुनः सार्वजनिक बिदा दिने निर्णय हुनुलाई रोचक रुपमा हेरिएको छ । गोरखा राज्यमा जन्मिनुभएका पृथ्वीनारायण शाहले सुरु गर्नुभएको नेपाल एकीकरणको अभियानले नेपालले हालको भौगोलिक रुप पाएको हो ।

सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन सर्त राख्दै आएको थियो ।

सत्ता गठबन्धनमा अबद्ध दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख रहेको थियो । उक्त न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);