पृथ्वीजयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८०, शनिबार

काठमाडौं, १५ मंसिर । सरकारले ‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको छ। २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीको बिदा कटौती गरेको थियो।

यसैगरी, मन्त्रिपरिषद बैठकले मकवानपुरको रातोमाटेदेखि चौकीटोलसम्मको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको भागलाई राजमार्गबाट हटाउने र रातोमाटेदेखि राप्ती पुलसम्म ३ किलोमिटर बाइपासलाई राजमार्गकोरुपमा निर्माण गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।