गाईजात्रा र कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गाईजात्रा र कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले गाईजात्रा पर्व र कृष्ण जन्माष्टमीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते गाईजात्रा पर्वमा नेवार समुदायका लागि देशैभर र भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानसेनापतिमा प्रभुराम शर्मा सिफारिस

त्यस्तै सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं– तराई-मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरुको निर्माण गर्नका लागि मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी सहसचिव डिल्लीराम शर्मालाई विशिष्ट श्रेणिमा बढुवा गरेको तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले दिएको राजिनामा स्वीकृती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

मन्त्रिपरिषद्ले सिँचाइ र ऊर्जा मन्त्रलयका केही बरिष्ठ इन्जिनीयरहरुलाई द्धितिय श्रेणीबाट प्रथम श्रेणिमा बढुवा गरेको पनि उनले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);