प्रधान सेनापतिद्वारा भट्टलाई दर्ज्यानी चिन्ह प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रधान सेनापतिद्वारा भट्टलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, २६ माघ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत माघ २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी कृष्णदेव भट्टलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह भट्टलाई प्रदान गर्नु भएको हो । पदोन्नती हुनु भएका उपरथी कृष्णदेव भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ ।

सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती हुनु भएका १ (एक) जना महा सेनानी र महा सेनानी दर्जामा पदोन्नती हुनु भएका ४ (चार) जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);