सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै पदोन्नती भएका ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजि एक समारोहकाबीच उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । त्यसअवसरमा महानिरीक्षक अर्यालले पदोन्नती भएका अधिकृतहरुलाई हार्दिक बधाई दिदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

उनले व्यवसायीक जीवनमा पदोन्नती बृत्तीविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी आफूहरु अगाडी बढिरहेको बताए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुपको कार्यसम्पादनमा पूर्ण व्यवसायिक भई क्रियाशिल रहन अधिकृतहरुलाई निर्देशन दिएका थिए ।

सबै राष्ट्रसेवक सशस्त्र प्रहरीहरु अनुशासित र ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहँदै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध भई क्रियाशिल रहने विश्वास उनले व्यक्त गरे ।

अधिकृतहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सकारात्मक सोचकासाथ अझ बढि अध्ययनसिल र ईमान्दार रहँदै मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सहि मार्गनिर्देशन गर्दै व्यवसायिक कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्नुपर्ने उनले बताए ।

सो समारोहमा दज्र्यानी चिन्हबाट सुशोभन हुनेहरुमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका ५६ जना अधिकृतहरु र अवकाश पूर्व विशेष बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठ रहेका छन् । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);