पदोन्नती भएका सुरेशकुमार श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पदोन्नती भएका सुरेशकुमार श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका सुरेशकुमार श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका सुरेशकुमार श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फागुन १६ गते दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

दक्षिण सुडानको जुवामा मेडल परेड कार्यक्रममा सहभागी हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सोही ठाउँमा संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरको रुपमा कार्यरत रहनु भएका सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);