अतिरिक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अतिरिक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका सहकुल बहादुर थापा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापाले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उक्त समारोहमा महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिएका छन् । साथै संगठनको थप सुदृढीकरण र विकासका लागि व्यावसायिकता र पेशागत धर्ममा रही कार्य गर्न समेत निर्देशन दिएका छन् ।

समारोहमा एआईजी थापाले प्राप्त जिम्मेवारीलाई मन, वचन र कर्मका साथ संगठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);