नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, २९ माघ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह ग्रहण गर्नुभएको छ । बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा बढुवा गरेको थियो । सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि उहाँको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो ।

यसअघि प्रहरी नायव महानिरीक्षक रहनुभएका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । दर्ज्यानी चिन्ह ग्रहण पछि ज्ञवालीले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी पारदर्शी तवरबाट सम्पादन गर्न प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारी प्रति पूर्णरुपमा जवाफदेही रहने बताउनुभयो ।

महानिरीक्षक ज्ञवालीले कानूनको पालनामा कुनै संझौता नगर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक ज्ञवालीले गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रही गृह प्रशासन मातहतको उत्कृष्ठ नमुना संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गर्नुभएको थियो ।
igp gyawali1

igp gyawali2

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);