वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रीमा रामेश्वर फुयाँल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रीमा रामेश्वर फुयाँल नियुक्त

Rameshwor Phuyal

काठमाडौं, २९ माघ । सत्तारुढ नेकपाका वाग्मती प्रदेशका मुख्य सचेतक रामेश्वर फुयाँल मन्त्रीमा नियुक्त हुनुभएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फुयाँललाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा फुयाँलले आज अपरान्ह ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ। फुयाँल काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित प्रदेशसभा सांसद हुनुहुन्छ ।

केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आउनुभएको थियो । पौडेलले पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि फुयाँललाई मन्त्रीमा नियुक्त गर्नुभएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);