वुहानबाट ल्याइने विद्यार्थीलाई राख्न खरिपाटीमा १९९ बेडसहितको क्वारेन्टाइन तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

वुहानबाट ल्याइने विद्यार्थीलाई राख्न खरिपाटीमा १९९ बेडसहितको क्वारेन्टाइन तयार

काठमाडौं, २८ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारी सकिएको बताउनुभएको छ ।

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले १ सय ९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको बताउनुभएको हो । भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १सय ९९ बेड तयार गरिएको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री ढकालले चीनमा विद्यार्थीहरुलाई लिन जाने डाक्टर, नर्स र पाइलटहरुलाई समेत १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसको सम्पूर्ण तयारी भएको उल्लेख गर्नुुभयो ।

चीनबाट संक्रमितहरुलाई स्वदेश ल्याइन लागेको भन्ने भ्रमहरु हटाउनुपर्ने उल्लेख गर्दै मन्त्री ढकालले कुनै एकजनामा मात्रै पनि लक्षण देखिए चीनले नपठाउने र नेपाल ल्याएपछि १४ दिन नियमित परिक्षण गरिने बताउनुभयो ।

चीनमा रहेका १८० जना विद्यार्थीहरुले स्वदेश फर्किनका लागि त्यहाँस्थित नेपाली दूतावासमा फारम बुझाएका छन् । सरकारले सम्पूर्ण तयारी पुरा भएको बताएपनि कहिले फर्काउने भन्ने मिति भने तय गरेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);