गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

काठमाडौं, २१ वैशाख । गत वैशाख १४ गते बिहीबार नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिदैंछन् । पाण्डेले विश्वासको मत लिने गरी आज दिउँसो २ बजे संसद बैठक बोलाएको जनाइएको छ ।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गण्डकीमा ६० सिट रहेको छ भने बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । नेकपा एमालेका खगराज अधिकारीले विश्वासको मत ल्याउन नसकेपछि उनी नेतृत्वको सरकार ढलेको थियो । मुख्यमन्त्रीमा पाण्डेसँगै माओवादीकी शुशिला सिंखडा र कांग्रेसकी सरस्वती अर्यालले पनि मन्त्रीमा शपथ लिएका हुन ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न बिहीबार दाबी पेश गरिएको थियो । कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङको हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरिएको थियो ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशम जुग्जालीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्तालिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते विश्वासको मत गुमाएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);