कांग्रेस बैठकमा सरकारको २ वर्षे कार्यकालको समीक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कांग्रेस बैठकमा सरकारको २ वर्षे कार्यकालको समीक्षा

congress baithak

काठमाडौं, २९ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा सरकारको दुई वर्षे समीक्षा र पार्टीको आन्तरिक गतिविधिबारे छलफल भइरहेको कांग्रेस नेताहरुले बताएका छन् ।

बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विधानका दफा र नियमावलीका नियम सम्बन्धमा निर्णय लिने र सात सदस्यीय क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गर्ने एजेण्डा पनि रहेको छ । गत पुस ११ मा बसेको केन्द्रीय समिति बैठकले संस्थापन इतर पक्षको उपस्थिति वेगर क्रियाशील सदस्यतासम्बन्धी विधानको दफा चलाएको थियो । उक्त निर्णय समेत बैठकले सच्याउने छ ।

पार्टीको संशोधन विधानको दफा ३५ को उपदफा २ अनुसार तोकिएको समयसीमाभित्र अधिवेशन गराउन कानुनी असहजता देखिएपछि उक्त बैठकले विधानको बाधा अड्काउ फुकाउ आदेशको प्रयोगमार्फत उक्त दफासहित अन्य केही दफाहरु पनि निलम्बन गरेको थियो ।

यस्तै क्रियाशील सदस्यतासम्बन्धी छानबिन समिति गठनको समेत तयारी भएको कांग्रेस नेताहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);