कांग्रेसमा देउवा र पौडेलबीचको सहमति अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कांग्रेसमा देउवा र पौडेलबीचको सहमति अनुमोदन

nepal-congress

१४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म

काठमाडौं, १३ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको आन्तरिक बिवाद समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भएको सहमतिलाई अनुमोदन गरेको छ ।

पार्टी कार्यालय सानेपामा सोमवार बसेको केन्द्रीय समिति बैठकले गत शुक्रवार सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच पार्टीको आन्तरिक विवाद समाधान गर्न भएको सहमति अनुमोदन गरेको हो ।

केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने र तल्ला निकायको अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने गरी सहमति अनुमोदन गरेको छ ।

त्यसैगरी केन्द्रीय कार्यसमिति बैठकले गत पुस ११ गते महाधिवेशन प्रयोजनार्थ पार्टीका क्रियाशील सदस्यतासम्बन्धी व्यवस्था भएका विधानका धारा निलम्बन गर्ने निर्णय उल्ट्याएको छ ।

बैठकमा बहुमतको निर्णय उल्ट्याउने सहमति भएको कांग्रेस नेताहरुले बताएका छन् । पौडेल पक्षको बहिष्कारकाबीच सभापति देउवाले गत पुष ११ गते केन्द्रीय कार्यसमिति बैठकबाट पार्टी विधानको धारा ७१ र ५० (५) बमोजिमको अधिकार प्रयोग गरेर आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्रै भन्दै विधानका तीन वटा धाराका ५ प्रावधान निलम्बन गर्ने निर्णय गराउनु भएको थियो ।

त्यो निर्णय उल्टाउने निर्णय बैठकले गरेको हो । त्यस्तै बैठकले क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);