प्रतिनिधि सभाको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रतिनिधि सभाको बैठक आज बस्दै

sanghiya samsadh

काठमाडौं, १४ माघ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सभामुखमा अग्नि सापकोटा निर्वाचित भएपछि पहिलो पटक उनको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

बैठकमा निर्वाचित सभामुख सापकोटालाई विभिन्न दलका तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम रहेको छ । संवैधानिक आयोगहरुका प्रतिवेदन समेत आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

नियमित कारवाही अघि बढेपछि लामो समयदेखि संसदमा विचाराधीन र टेबल गर्नुपर्ने विधेयकले पनि प्रवेश पाउने छन् । विधेयक अधिवेशनको रुपमा लिइने यो हिउंदे अधिवेशनले थुप्रै विधेयकहरु पारित गर्नुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);