कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने सहमति

nepali congress

काठमाडौं, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म हुने सहमति भएको छ ।सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडैलबीच भदौ महिनाको ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको हो ।

महाधिवेशनको मितिमा सहमति भएपछि सो प्रस्ताव पारित गर्न अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक सुरु भएको हो । दुबै नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको छ ।

निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि कांग्रेसले एकवर्ष म्याद थप गरेको थियो । जसको म्याद फागुन १९ गते सकिँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);