निर्धारित समयमै महाधिवेशन हुनेमा अझै आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निर्धारित समयमै महाधिवेशन हुनेमा अझै आशंका

काठमाडौं । लामो समयको आन्तरिक विवाद पूर्ण रुपमा नटुंगिएपनि नेपाली कांग्रेस १४ औं महाधिवेशनमा होमिएको छ । संवैधानिक बाध्यताका कारण .आन्तरिक विवादकै बीच कांग्रेस महाधिवेशनमा होमिएको हो ।

भदौ १८ गते वडा अधिवेशन शुरु भएपनि निर्धारित समयमै महाधिवेशन हुनेमा आशंका बढेको छ । मंसिरमा गर्ने भनिएको केन्द्रीय महाधिवेशनको मिति नै सार्ने प्रस्ताव बाहिरिएपछि कांग्रेसको घरझगडा र किचलो थप पेचिलो बनेको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका फेरी फेरबदल हुने भको छ । स्थानीय तहको अधिवेशनका विषयमा विभाजित कांग्रेस नेताहरुबीच उत्पन्न भएपछि महाधिवेशनको कार्यतालिका सार्ने प्रस्ताव अघि बढाइएको छ ।

हालसम्म तल्लो तहकै अधिवेशन नसकिनु र पार्टीको आन्तरिक किचलो उत्पन्न भएको कारण महाधिवेशनको कार्यतालिका संशोधन गर्ने भनिएको छ । संवैधानिक बाध्यताले गर्दा कांगे्रस नेताहरु भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु गरेर मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने सहमत भएका थिए ।

महाधिवेशनमा केही समस्याहरु देखा परेपनि लामो समयसम्म नरोकिने कांग्रेस नेता प्रदिप पौडेलको भनाई छ ।

कांग्रेसले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलाली गरी १३ जिल्लाको त्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन । वडा अधिवेशन भइसकेका ६४ मध्ये अधिकांश जिल्लामा पालिका तहको अधिवेशन सुरु भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा तय गरिएको छ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु भयो र कार्यतालिका परिवर्तन गर्दै भए पनि हालसम्म ६४ वटा जिल्लामा वडा अधिवेशन सकिएको छ । कांग्रेसको संस्थापन र इतरपक्षका बीच मतभेदको असर महाधिवेशनमा देखिएको छ ।

इतरपक्ष निर्धारित मितिमै र निष्पक्ष महाधिवेशन हुनेमा आशंका व्यक्त गरिरहेको छ । संस्थापनपक्षले आफ्नो फाइदाको लागि मिति सार्ने प्रस्ताव गरेको इतर पक्षको आरोप छ । तर कांग्रेस भित्र जति किचलो भएपनि तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने नेपाली कांग्रसका आर्का नेता विरेन्द्रप्रसाद सिंहले बताउनु भयो ।

पछिल्लो पटक संशोधन गरिएको तालिकाअनुसार अहिलेसम्म वडा अधिवेशन सम्पन्न भैसक्नु पर्ने थियो । संस्थापनपक्षबाट केन्द्रीय महाधिवेशनको मितिसमेत नै सार्ने प्रस्ताव भएको विषय बाहिर आएपछि निर्धारित मितिमा केन्द्रीय महाधिवेशन हुनेमा कांग्रेस कार्यकर्ता नै विश्वस्त हुन सकेका छैनन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);