समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ : शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ : शेखर कोइराला

dr sekhar koirala

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको बताएका छन् ।

डा. कोइरालाले सामाजिक सञ्जालमार्फत् कांग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा संशय बढेको बताएका हुन् । उनले पूर्व निर्धारित कार्यतालिकाको पालना समेत नभएकोमा आपत्ति जनाउँदै हालसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन नसकेको उल्लेख गरेका छन् ।

यी विविध कारणले तोकिएको समयमा १४ औं महाधिवेशन नहुने देखिएपछि पार्टीको सम्पूर्ण साथीहरुमा गहिरो चिन्ता छाएको समेत जिकिर गरेका छन् । उनले लेखेका छन्–‘‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी छ । तर पूर्व निर्धारित कार्यतालिकाको पालना भएको छैन । अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन । यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुमार संशय बढेको छ । र पार्टीको सम्पूर्ण साथीहरुमा गहिरो चिन्ता छाएको छ….’’

पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने पार्टी विधान मै नभएको नयाँ अभ्यास जारी रहेको भन्दै उनले टिप्पणी गरेका छन् ।

संवैधानिक सीमाभित्र महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढाउन नसके कांग्रेसले वैधानिक गुमाउने निश्चित भएको भन्दै कोइरालाले चिन्ता व्यक्त गरेका छन् । उनले पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सूचारु गर्न समेत आग्रह गरेका छन् । उनले लेखेका छन्–‘‘लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने हाम्रो पार्टीले आफ्नो महाधिवेशन समेत समयभत्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई के जवाफ दिने? तसर्थ पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सूचारु गरियोस भन्ने आग्रह छ ।’’

पछिल्लो समय महाधिवेशन केन्द्रीत भई कांग्रेसको दैनिक जसो पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसिरहेको छ । अधिवेशन स्थगित भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभाव पर्ने देखिएको छ । क्रियाशील सदस्य छानविन समितिले तोकिएको समयमा महाधिवेशन गर्न नसक्ने बताईसकेका पनि शीर्ष नेताहरुले सोही मिति मै महाधिवेशन गर्ने अडान लिईरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);