निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा : महामन्त्री कोइराला | ईमाउण्टेन समाचार

Our Network

साउन २ २०८१, बुधवार

निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले क्रियाशिल सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताएका छन्

महामन्त्री कोइरालाले पार्टीको क्रियाशिल सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको बताएका हुन् ।

विभिन्न जिल्लाबाट उजुरीहरु आएको भन्दै उहाँले असार महिनाभित्र क्रियाशिल सदस्य नटुंगिएमा महाधिवेशन प्रति आशंका पैदा हुने बताए । क्रियाशिल सदस्य छिटो टुंग्याउनको निम्ति आफुहरुले भरमग्दुर प्रयास गरेको पनि उनले बताए । उनले भने – क्रियाशिल सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि । यति जटिल छ अहिले क्रियाशिल सदस्यको बारेमा । ४६ जिल्ला भईसक्यो त्यसमा पनि उजुरीहरु आएको छ त्यसलाई पनि हेर्नुप¥यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैनँ कि टाईममा नै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिन्ह चाहीँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । हामी भरमग्दुर प्रयास गर्दैछौँ क्रियाशिलको छिटो टुंग्याउँ भनेर ।

महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरुको दौडधुप पनि निकै बढेको छ । बिहीबार नै काठमाडौंस्थित अनुपम फुडल्याण्डमा पौडेल पक्षीय नेताहरुले बैठक गरेका थिए ।

रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतका नेताहरु सहितको बैठकमा पनि पार्टीको क्रियाशिल सदस्य कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको महामन्त्री कोइरालाले बताए । क्रियाशिल सदस्य टुंगो नलगाईकन महाधिवेशनमा जान नसकिने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);